वैष्णव परिषद् नेपालको महाधिवेशन स्याङजाकाे केलादीघाटमा हुने

२०७८ फाल्गुन २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साधना न्यौपाने

स्याङ्जा,२६ फागुन । निम्वार्क वैष्णव परिषद् नेपालको पाँचौ महाधिवेशन आगामी चैतमा हुने भएको छ । स्याङजा जिल्लाको केलादीघाटस्थित राधा दामोदर मन्दिरमा आगामी चैत ६, ७ र ८ गते वैष्णव परिषद्को पाँचौ महाधिवेशन हुने आयोजक समितिले जनाएको छ ।

वैदिक सनातन निम्बार्क सम्प्रदायका अनुुयायीहरुको साझा संस्था निम्बार्क वैष्णव परिषद् त्रिदीवसीय महाधिवेशन कार्यक्रमले परिषद्को आगामी चारवर्षको लागि संस्थागत नीति तथा कार्यक्रम (अपेक्षित लक्ष्य,रणनीति,कार्यनीति सहितको योजना) निमार्ण गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महाधिवेशनको मूल उद्देश्य निम्वार्क वैष्णव सम्प्रदायका अनुयायी एवं साधकहरूलाई नेपालमा युग अनुकूल संगठित गर्नु, वैदिक सनातन धर्मका विभिन्न शाखा एवं सम्प्रायसँग सामञ्जस्य कायम गरी सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः‘ को भाव पुनर्जागृत गराउनु रहेको छ । यसैगरी वैष्णव भक्तिसाधना र भेदाभेद दर्शनको पृष्ठभूमिमा धार्मिक, सांस्कृतिक र आध्यात्मिक जागरण ल्याउनु रहेको छ ।

महाधिवेशनले वैदिक सनातन धर्म संस्कार किंवा संस्कृतिप्रति निष्ठवान, परोपकारशील, जनहितप्रति प्रेरित र समर्पित समाज निर्माणका लागि शान्ति, भक्तिसाधना, भ्रातृत्व अभिवृद्धि गर्नु, अहिंसा धर्म संस्कृतिको विकास, निम्वार्क वैष्णव भक्तिसाधना तथा भेदाभेद दर्शनको संरक्षण र संवद्र्धनमा सहयोग पु¥याउने रहेको छ । वैष्णव भूषण गोलोकवासी श्रीभगवच्छरण देवाचार्य महाराजले सर्वप्रथम श्रीकृष्ण गण्डकीको तट केलादीघाटमा नेपालमा वैष्णव अहिंसा धर्मको प्रचारप्रसार गरेका थिए । यसै स्थानलाई वैदिक सनातन निम्वार्क वैष्णव सम्प्रदाय किंवा वैदिक सनातन धर्म अनुयायीहरूको आस्था, विश्वास र भरोसाको प्रमुख केन्द्र मानिएको छ ।

महाधिवेशनले निम्वार्क वैष्णव परिषद् नेपालका लागि संस्थागत नीति तथा कार्यक्रम पारित गर्नेछ । महधिवेशनले यस सम्प्रदायलाई जनमानिसमा पु(याई वैष्णव समाजमा युवा तथा नारी जागरण ल्याउन संस्थाको विधानअनुसार मातृशक्ति परिषद् तथा युवाशक्ति केन्द्रीय समिति गठन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार