सांसद देखी जिल्ला उपसभापति हुँदै महामन्त्रीको वडामा काङ्ग्रेस पराजय

२०७९ जेष्ठ १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १ जेष्ठ । संघीय सांसद देखि जिल्ला उपसभापति हुँदै नेबिसंघका महामन्त्री मात्रै होइन नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ३ मा नेपाली काङ्ग्रेसले पराजय भोग्नु परेको छ ।

नेपाली काङ्ग्रेसमा केन्द देखी जिल्ला स्तर सम्म धेरै नेता जन्माउन सफल भएको वडाले आफ्नै वडामा लज्जास्पद हार बेहोर्नु परेको हो । कालीगण्डकी गाउँपालिकामा नेपाली काङ्ग्रेस हालकि उम्मेदवार माया राना, संघीय सांसद मोहन पाण्डे, नेपाल विद्यार्थी महासंघका महामन्त्री युवराज पाण्डे एवम् नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शेरबहादुर थापा रहेको कालीगण्डकी गाउँपालिकाको ३ नम्बर वडामा वडा अध्यक्ष सहित नेकपा एमालेको प्यानल बिजय भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय