स्याङ्जाका स्थानीय तहलाई ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन

२०७९ जेष्ठ १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा, १९ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ  विनियोजन गरेको छ ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गर्नुभएको हो । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरिएको छ ।

नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख विनियोजन गरिएको छ ।

गल्याङ नगरपालिकालाई जम्मा ५५ करोड ३२ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १४ करोड २२ लाख, सशर्त अनुदानअन्तर्गत ३७ करोड १० लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदान २ करोड गरी जम्मा रु ५५ करोड ३२ लाख विनियोजन गरेको छ ।

त्यस्तै गरी चापाकोट नगरपालिकालाई जम्मा ४९ करोड ४२ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ५४ लाख, सशर्त अनुदानअन्तर्गत ३२ करोड ७४ लाख, समपूरक अनुदान २ करोड ५० लाख र विशेष अनुदानमा २ करोड गरी जम्मा रु ४९ करोड ४२ लाख विनियोजन गरेको छ ।

पुतलीबजार नगरपालिकालाई जम्मा ६३ करोड १३ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १५ करोड ९१ लख, सशर्त अनुदानअन्तर्गत ४५ करोड ८२ लाख र समपुरक अनुदानमा १ करोड ४० लाख गरी जम्मा रु ६३ करोड १३ लाख विनियोजन गरेको छ ।

त्यस्तै भीरकोट नगरपालिकालाई जम्मा ३९ करोड ७३ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ५९ लाख, सशर्त अनुदानअन्तर्गत २६ करोड ३४ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान १ करोड गरी जम्मा रु ३९ करोड ७३ लाख विनियोजन गरेको छ ।

वालिङ नगरपालिकालाई जम्मा ६२ करोड ५७ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १७ करोड ३२ लाख, सशर्त अनुदानअन्तर्गत ४२ करोड २५ लाख, समपुरक अनुदानमा २ करोड २० लाख र विशेष अनुदान ८० लाख गरी जम्मा रु ६२ करोड ५७ लाख विनियोजन गरेको छ ।

गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकालाई ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोला गाउँपालिकालाई २७ करोड ६१ लाख विनियोजन गरिएको छ ।

अर्जुन चौपारी गाउँपालिकालाई ३० करोड ४९ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ४ लाख, सशर्त अनुदानअन्तर्गत १८ करोड ४५, समपुरक अनुदान ७० लाख र विशेष अनुदानमा २ करोड ३० लाख गरी जम्मा रु ३० करोड ४९ लाख विनियोजन गरेको छ ।

त्यस्तै गरी आँधिखोला गाउँपालिकालाई ३५ करोड ३६ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ३२ लाख, सशर्त अनुदानअन्तर्गत २२ करोड ४, समपूरक अनुदानमा १ करोड ५० लाख र विशेष अनुदान २ करोड ५० लाख गरी जम्मा रु ३५ करोड ३६ लाख विनियोजन गरेको छ ।

कालीगण्डकी गाउँपालिकालाई ३८ करोड ४० लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ९३ लाख, सशर्त अनुदानअन्तर्गत २३ करोड ४७ लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदान २ करोड गरी जम्मा रु ३८ करोड ४० लाख विनियोजन गरेको छ ।

त्यस्तै फेदीखोला गाउँपालिकालाई २७ करोड ६१ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ८ करोड २९ लाख, सशर्त अनुदानअन्तर्गत १६ करोड ७ लाख, समपूरक अनुदान ७० लाख र विशेष अनुदान २ करोड ५५ लाख गरी जम्मा रु २७ करोड ६१ लाख विनियोजन गरेको छ ।

विरुवा गाउँपालिकालाई ३३ करोड ६० लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ६४ लाख, सशर्त अनुदानअन्तर्गत २२ करोड ६ लाख, समपूरक अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोड गरी जम्मा रु ३३ करोड ६० लाख विनियोजन गरेको छ ।

त्यस्तै गरी हरिनाश गाउँपालिकालाई ३० करोड ६१ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ३३ लाख, सशर्त अनुदानअन्तर्गत १७ करोड १९, समपूरक अनुदानमा १ करोड ६० लाख र विशेष अनुदानमा २ करोड ४९ लाख गरी जम्मा रु ३० करोड ६१ लाख विनियोजन गरेको छ ।

यसरी समग्रमा स्याङजाजिल्लाको ११ स्थानीय तहहरुमा ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरीएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ अर्व २७ करोड १३ लाख, सशर्त अनुदानअन्र्तगत ३ अर्व ३ करोड ५३ लाख, समपूरक अनुदान १६ करोड ३० लाख र विशेष अनुदान १९ करोड २८ लाख गरी जम्मा रु ४ अर्व ६६ करोड २४ लाखविनियोजन गरेको छ ।
अहिले विनियोजन गरिएको बजेट रकम अघिल्लो वर्षको भन्दा ३१ करोड ४८ लाख बढी हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय