स्याङ्जा, २७ जेठ । स्याङ्जा, पुतलीबजार नगरपालिका १ बाट बिहीबार दिउँसो ३ बजे लागुऔषधसहित एक जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कास्की पोखरालेखनाथ महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्ष विजय परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका १ तीनधारेस्थित सिद्धार्थ राजमार्गमा सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको बस चेकजाच गर्ने क्रममा बसमा सवार परियारको साथबाट लागुऔषध ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल, फेनरागन ४५ बरामद गरेको हो ।
शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट नियन्त्रणमा लिई म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।