प्रहरी संगठन प्रमुख धिरज प्रताप सिंहबाट नेपाल प्रहरी संगीत विद्यालयको निरीक्षण

२०७९ असार ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

खेम राज खनाल

काठमण्डौ, ९ असार । प्रमुख अतिथि प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बुधबार  नेपाल प्रहरी संगीत विद्यालयको निरीक्षण गर्नुभयो ।

प्रमुख अतिथिले बाजा,ब्यारेक,मेश,म्युजिक अभ्यास हल ,नृ्त्य अभ्यास हल र विभिन्न शाखाको निरीक्षण गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिले उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

नेपाल प्रहरी संगीत विद्यालयका संगीत निर्देशक प्रहरी नायव उपरीक्षक भुलाराज खनालले प्रमुख अतिथिलाई संगीत विद्यालयको निरीक्षण गरी विद्मायालयमा कार्यरत सकल दर्जाका कर्मचारीहरुलाई दिनुभएको अमुल्य निर्देशन सम्बोधन र आफ्नो व्यस्तता बिच पनि उपस्थित भई यस संगीत विद्यालय परिवारको हौसला बढाईदिनु भएकोमा हार्दिक धन्यवाद सहित कृतज्ञता जाहेर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्य,प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षक,प्रहरी नायव उपरीक्षक लगायत यस विद्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय