इतिहासमै पहिलोपटक चार महिला एसएसपी एकैसाथ डीआईजीमा बढुवा सिफारिस

२०७९ असार ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,९ असार । सरकारले पहिलोपटक चार महिला एसएसपीलाई एकैसाथ डीआईजीमा बढुवामा सिफारिस गरेको छ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार साँझ गरेको नेपाल प्रहरीका १७ जना एसएसपीको बढुवा सिफारिसमा एकैपटक चार जना महिना पर्नुभएको हो । बढुवा सिफारिसमा पर्नेमा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना रहनुभएको छ।

उहाँहरू चारै जनाको आईजीपी बन्ने सम्भावना कायम छ। प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृतमात्र डीआईजी बन्नुभएको थियो । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी हुनुभएको थियो। अहिले चार जना डीआईजी सिफारिस भएसँगै प्रहरीमा नयाँ इतिहास बनेको छ। प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त हुनुभएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय