स्याङ्जाको गाँजा फडानीमा प्रहरीको तीव्रता

२०७९ असार ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ९ असार । स्याङ्जामा उम्रिएका गाँजाका बोटहरु फाँडानी गर्ने अभियानलाई प्रहरीले तीब्रता दिएको छ ।

गाँजाको बोटहरु फाँडानी गरी नष्ट गर्ने अभियान अन्तर्गत स्याङ्जाका विभिन्न पालिकाहरु  मंगलबार एकैदिन ७२० वटा गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी नायक उपरीक्षक रविन्द्र खनालले जानकारि दिनुभएको छ ।

प्रहरीले चापाकोट नगरपालिका ८ को माडीमा ४५, ४ को मल्याङ्कोटमा ७०, फेदीखोला गाउँपालिका १ को चण्डी डाँडामा ९०, अर्जुनचौपारी गाउँपालिका ४ को धारापानीमा ७० र आधिँखोला गाउँपालिका ४ को सेपतमा ४४५ गरी ७२० गाँजाका बोटहरु नष्ट गरेको हो ।

प्रहरी र स्थानीयबासीको संलग्नतामा गाँजाको बोट नष्ट गर्ने अभियान तीब्रताका साथ सञ्चालन गरिएको र आगमी दिनहरुमा समेत निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय