खेम राज खनाल
दैलेख, १२ असार । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नारायण न.पा.८ भैसिखोर स्थित श्री महेन्द्र मा.वि.माजिल्ला प्रहरी कार्यालय दैलेख कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ.भुवनेश्वर प्रसाद साह ज्यूबाट शिक्षक,विद्यार्थी लगायत १२० जनाको उपस्थितिमा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा विद्यालय सम्पर्क कार्यक्रम गरी लागुऔषध दुरुपयोग यसवाट हुने असर र यसको कानुनी प्रावधान सम्बन्धि प्रस्तुतिकरण गर्नुका साथै ब्रोसरहरु (प्रचा) वितरण गरी विद्यार्थीहरुबाट उठेका जिज्ञासालाई प्रष्ट पार्दै कार्यक्रम सम्पन्न भएको छ।
साथै जिल्ला प्रहरी कार्यालय दैलेख कार्यालय मातहत ई.प्र.का.नौमुले श्री मालिका मा।बि, ई.प्र.का.राकम कर्णालीले आठबिस न.पा.को सभाहलमा , प्र.चौ.चुप्राले चुप्रा बजार, प्र.चौ.डुङ्गेश्वर बजारले अवलपराजुल, प्र.चौ.तल्लो डुङ्गेश्वरले श्री महादेव मा।बि। र अ.प्र.पो.हुलाक डाँडाले सिमौडीमा लागुऔषध दुरुपयोग,यस वाट हुने असर र यसको कानुनी प्रावधान सम्बन्धि र प्र.चौ.लालिकाँडाले घ्यूपोखरीमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षक,विद्यार्थी लगायत अ.७०० जनाको उपस्थितिमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम सम्पन्न भएको छ।

