स्याङ्जामा हानाहान एकको मृत्यु

२०७९ श्रावण ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

स्याङ्जा, ५ साउन । स्याङ्जाको भीरकोटमा सामान्य बिबादका बिच हानाहान हुँदा एकजनाको ज्यान गएको छ ।

गए राती भीरकोट नगरपालिका ३ रिजुका ४५ बर्षीय श्याम बहादुर रोकाको ज्यान गएको हो । एकै ठाँउमा खाना खाने दुबै जना बीच बिबाद हुँदा नाताले दाइ पर्ने ५० बर्षका याम बहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । याम बहादुरले सामान्य भनाभन हुँदा धेकेलेर लडाएको र कुटेको प्रहरीको भनाई छ ।

घाईते श्याम बहादुरको उपचारका क्रममा कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा राती नै ज्यान गएको प्रहरीले जनाएको छ ।आरोपित याम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय