दुबईबाट काठमाण्डौ आएका दुुइ जना सुनको औठीं सहित पक्राउ

२०७९ श्रावण २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , २१ साउन । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका  दुुइ जना बिहिबार पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा नं. १५ रामपुर स्थायी बसाइ भएका विवेक तिम्सिनाकाे साथबाट धातुको बेरुवा औठीं  दुई थान अन्दाजी तौल ८० ग्राम र जिल्ल काठमाण्डौं दक्षिणकाली न.पा. वडा नं ४ स्थायी बसाेबास भएका साजन श्रेष्‍ठले साथबाट धातुको बेरुवा औठीं दुई थान अन्दाजी तौल ८० ग्राम सुनको बेरुवा औठीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारि पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानएको छ ।

उनीहरुलाइ आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय