गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

२०७९ श्रावण २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तम्घास, २२ साउन । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय