भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२०७९ श्रावण २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खेमराज खनाल

सिन्धुपाल्चोक,२२ साउन  । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले साउन २१ गते सकुशल उद्धार गरेको छ।

सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए । सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली खटिगई उनको उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय