स्याङ्जा, २६ साउन । स्याङ्जाको वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष मृत अवस्था फेला पर्नुभएको छ ।
वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला पर्नु भएको हो ।स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ निर्वाचित हुनुभएको थियो । घट्नास्थल बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।