कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ : मन्त्री कुँवर

२०७९ भाद्र ४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ,४ भदौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारी, कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरुमा समानता हुनुपर्ने बताउनु भएको हो । अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिनु भयो ।

अस्थायी करार र ज्यालादारी कर्मचारीहरुका आफ्नै ब्यथा छन । संगैको साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरुको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन्ु, मन्त्री कुँवरले भने, ुअर्को संगैको साथी बिसौ बर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर उसले जागीरबाट फर्कदाखेरी रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ ।

मन्त्री कुँवरले तीन बर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरु समेटिनुपर्ने बताउनु भयो । समाजिक सुरक्षा कोषको दायरमा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको तथ्याङ्क संकलन गरी अर्थ मन्त्रालयमा फायल पठाइसकिएको पनि उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई मन्त्री कुँवरले उक्त फायलबारे आवश्यक निर्देशन गरिदिन समेत आग्रह गर्नु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले आफु दोस्रो पटक प्रधानमन्त्री हुँदा बखत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गरेको स्मरण गराउँदै आफु जहिले पनि मदजुरहरुको पक्षमा रहेकाले करार र ज्यालादारी कर्मचारीका उचित मागबारे सरकार र सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय