निरन्तर कर्ममा लागे मुल्यांकन हुन्छ, तिजको समयमा महिलाबाट पुरुष सम्मानित

२०७९ भाद्र ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १० भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिएसंगै महिलाहरुको जमघट बढ्दै गएको पाइन्छ । कतै दर खाने नाउँमा त कतै दिदी बहिनीलाई संमान गर्ने नाउँमा । जसरी जम्मा भएपनि चाडवाडको समयलाई बहाना पारेर दिदिबहिनी बीच सम्बन्ध बढाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण देखिन्छन् । यसरी नारीहरुको महान चाड हरितालिकाको अवसर पारेर महिला बिशेष कार्यक्रम भैरहेका बेला काठमाडौमा भने शुक्रबार अलि फरक दृश्य देखिएको छ ।

देशका विभिन्न भागमा महिला मैत्री कार्यक्रम भैइरहेका बेला काठमाडौमा भने महिलाहरु जम्मा पुरुषको संमान गरेको दृश्य शुक्रबार देख्न पाइन्थ्यो । नेपाली काङ्ग्रेस निकट महिलाहरुको जमघटमा उक्त दृश्य देखिएको हो ।

शुक्रबार आयोजना गरिएको नेपाल महिला संघको सस्थापक अध्यक्ष स्वर्गीय मंगलादेबि सिंहको २७ औं स्मृति दिवसको अवसरमा गरिएको दिप प्रज्वलन तथा पदभार कार्यक्रममा उक्त संघको सुरक्षागार्डलाई संमान गरिएको हो । नेपाल महिला संघको केन्द्रीय कार्यलयमा आयोजना गरिएको कार्यक्रममा सोही संघको कार्यलयमा निरन्तर लामो समयदेखि उक्त कार्यलयको सुरक्षागार्डको रुपमा कार्यरत इन्द्रबहादुर लाई संमान गरिएको नेपाल महिला संघको अध्यक्ष उषा राउत मिश्रले जानकारी दिनुभयाे । संघको सस्थापक अध्यक्ष सिंह कै पालादेखि कार्यलयमा सुरक्षागार्डको काम गरिरहनु भएका इन्द्रबहादुर लाई नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाएर संमान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ काठमाडौ उपत्यका सल्लाह सिर्जना सिंह,लगायत नेपाल महिला संघका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय