स्याङ्जाको हरिनास जोड्ने सडकमा पहिरो

२०७९ भाद्र १७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १७ भदौ । तनहुँको दुलेगौडादेखि स्याङ्जाको हरिनास जोड्ने सडक अबरुद्ध भएको छ । केहि दिनदेखि परेको अबिरल वर्षपछि गएको पहिरोले दुलेगौडा–हरिनास सडक खण्ड अबरुद्ध भएको छ । एक दर्जन बढि स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ देखि पालिका केन्द्र जोडनका लागि निर्माण थालिएको सडक पुरा नहुँदै पहिरोले क्षतविक्षत बनाएको छ । सडकको करिब ४० प्रतिशत निर्माण कार्य सकिएको थियो । आर्थिक वर्ष २०७९÷०८० अन्त्यसम्ममा सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

वर्षापछि गएको पहिरोले सडक निर्माणमा लगाईएको पर्खाल, नाली बगाएको छ । सडक निर्माणमा लगाईएको जालीहरु पहिरोले बगाएको छ । पहिरोले विभिन्न स्थानमा राखिएका निर्माण सामग्री समेत बगाएको निर्माण कम्पनीले जनाएको छ ।

३२ करोडमा निर्माण सम्पन्न गर्ने गरी गोल्डेन गुड बानियाँ जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा लिएको थियो । निर्माणाधीन सडकको पहिरोले झण्डै १ करोड क्षति पु¥याएको निर्माण कम्पनीका परियोजना प्रमुख सन्तोष खड्काले जानकारी दिए । वर्षापछि गएको पहिरोले सडक तोकिएकै समयमा निर्माण गर्न समस्या देखिएको छ ।

पहिरोबाट सवारी साधनहरु पूर्ण रुपमा अबरुद्ध भएको छ, भने पैदल यात्रीलाई आवातजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सडकको माथिल्लो भागबाट पहिरो खसेको छ भने कतिपय स्थानमा सडक भासिएको छ ।

सोही मार्ग भएर स्याङ्जाको चित्रेभञ्ज्याङ, मग्यामचिसापानी, बिरुवा र क्याक्मी गुड्ने सवारीहरु अलपत्र परेका छन् । एक दर्जन बढि स्थानमा गएको पहिरोले सवारी साधनहरु अलपत्र र ठपप अवस्थामा पुगेको सवारीधनीहरुले बताए । दैनिक रुपमा गुड्ने सवारीहरु पूर्ण रुपमा ठप्प भएको उनहिरुको भनाई छ ।

भारि वर्षपछि गाउँपालिका जोड्ने सडकमा पहिरो गएपछि पहिरो हटाउन र सडक मर्मत गर्न गाउँपालिकाले सक्रियता बढाएको छ । गाउँपालिकामा आउनेजाने सडक पहिरोले लथालिङ्ग भएको सडक सुचारु बनाउने विषयमा निर्माण पक्ष र सरोकारवाला निकायसँगै समन्वय भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय