श्राद्दमा गएर फर्किदा भिरबाट खसेर गल्याङमा एक जनाको मृत्यु

२०७९ आश्विन ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी

स्याङ्जा ११ असोज । गल्याङ नगरपालिका ६ बेसारेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका ६ बेसारेका ६९ बर्षिय हिमान सिंह गुरुङ रहेका छन्।

आइतबार साझ गल्याङ नगरपालिका ६ पातिखर्कमा आफन्तको श्राद्दमा गएर फर्किने क्रममा सोही ठाउको बुर्लुङ डाडाबाट करिब ४०० मिटर तल खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय