वालिङ्मा अबैध रुपमा प्राकृतिक श्रोतको दोहन

२०७९ आश्विन १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१७ असोज । वालिङ् नगरपालिकामा अबैध रुपमा प्राकृतिक श्रोतको दोहन भएको पाइएको छ । वालिङ् नगरपालिकामा ८ को काफल डाडामा अबैध रुपमा प्राकृतिक श्रोतको दोहन भएको पाइएको हो ।

ग्रहौसुर जाने बाटोबाट दिनहु ट्याक्टर र ट्रकले ढुङ्गा ओसारपसार गर्ने पाइएको हो । वालिङ् नगरपालिकाको एक छेउमा पर्ने उक्त ठाउँ बाट नजिकैकाे नगरपालिका चापाकोट नगरपालिकामा लैजाने भन्दै ढुङ्गा ओसारपसार हुन थालेपछि स्थानीयले चासो देखाउनुभएकाे थियाे । रातीमा समेत ढुङ्गा ओसारपसार हुन थालेपछि स्थानीयले चासो देखाएकाे बताउनुभएकाे हाे  । एक स्थानीयले हेर्ने कुरासंग कुराकानी गर्दै भन्नुभयो “रातिमा समेत नजिकैको नगरपालिकामा ढुङ्गा ओसारपसार हुन थालेपछि यस बिसयमा हामीलाइ निकै जिज्ञासा भयो ।” उहाँका अनुसार दैनिक १०/१५ ट्याक्टर र ट्रकका हिसाबले ढुङ्गा ओसारपसार हुने गरेको छ ।

वालिङ् नगरपालिका ८ काफल डाडाबाट ढुङ्गा ओसारपसार भएको बिषय वालिङ् नगरपालिकालाई कुनै जानकारी नभएको नगरपालिकाका प्रमुख कृष्ण खाडको भनाइ छ । उहाँले हेर्ने कुरासंग कुराकानी गर्दै भन्नुभयो “त्यस ठाउँबाट ढुङ्गा ओसारपसार भएको बारेमा नगरपालिकालाई कुनै जानकारी छैन । ” उहाँले आफुले अहिलेसम्म थाहा नपाएको हुँदा अब यसबारेमा सोधिखोजी गर्ने जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय