डेनमार्कका दुई युवतीले नारायणहिटि मन्दिरका गुरुसङ्ग मनाए तिहार

२०७९ कार्तिक १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १२ कार्तिक। डेनमार्कका दुई युवती नारायणहिटि नारायणस्थान मन्दिरका गुरुसङ्ग तिहार मनाएका छन ।

दुइ तीन दिन अगाडि मात्र नेपाल आएर भाईटिकाको दिन मन्दिर घुम्न पुगेका थिए । मन्दिर घुम्ने क्रममा भाइ टीका लगाउदै गरेको दृश्य देखेपछी त्यसमा सोधपुछ गर्न थालेको मन्दीरका पुजारी नारायण पौडेलले जानकारी दिनुभएको । पौडेलले भन्नुभयो, हामीले टीका लगाउदै गरेको दृश्य देखेर सोधपुछ गर्नुभयो । तिहारको बारेमा सबै जानकारी उहाँले टीका लगाउन तयार हुनुभयो ।डेनमार्क बाट नेपाल घुम्न आएका डा.क्याट्नि र अल्बटले नारायणहिटि नारायणस्थान मन्दिरमा भाइ टीका लगाएर नेपालमा तिहार मनाउन पाउदा निकै उत्साहीत भएको प्रतिक्रिया दिनुभएको छ ।

घर परिवार क्रीस्चियन धर्ममा आस्थावन रहेको बताउने ती डेनमार्कका नागरिकले यो परम्परा जिबनशैली भएको हुँदा तिहारमा टीका लगाएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार