स्याङ्जाका मोहन पाण्डेको मोटरसाइकल दुर्घटना मृत्यु

२०७९ कार्तिक १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, १८ कात्तिक । सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्याङ्जाको चापाकोट नगरपालिका ५ घर भई वालिङमा फर्निचर चलाउदै आएका ४१ वर्षीय मोहनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रवार दिउसो पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलका लागि छुटेकोे ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय