स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल

२०७७ फाल्गुन २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हेर्नेकुरा समाचार, कठमाडौं ।

सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।

माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ । अहिले केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय