काठमाडौँ,०१ मंसिर । अहिले देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली भने छैन ।
यस्तो छ तीन दिनको पूर्वानुमान
आज
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
राती: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।
बिहीबार
दिउँसो: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।
राती: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार
दिउँसो: सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरूसहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।