राज्यकाे एउटा गहना,खाना सहित दैनिकि मात्रै नौं सयमा उपचार,सुन्दा अपत्यारिलो तर सत्य

२०७८ माघ १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

नवलपुर,१५ माघ । रजहर बजार बाट १० मिनेटको पैदल हिडेपछी एउटा झुपडी आउछ जहाँ सयौं मान्छे मृत्युको सैयबाट नयाँ जिबन पाउने आशामा बाचिरहेका छन् । त्यहाँ पुगेर उपचार लिनेले जुन ब्याख्या गर्छन् झट्ट हेर्दा त्यस्तो देखिदैन । त्यहाँ पुगेपछि हेर्दा लाग्छ यस्तो पनि अस्पताल हुन्छ ? अस्पताल भन्ने बित्तिकै चिल्ला घर सम्झिने हाम्रो दिमागलाई ति संरचनाले सोच्न बाध्य बनाउछ । सामान्य घर भित्रको सामान्य उपचारले राज्यलाई मात्रै नभई बिश्वलाई नै चुनौती दिएको छ ।

नवलपुर जिल्ला देवचुली नगरपालिका १६ रजहरमा २०६७ सालमा स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालयले देशलाई मात्रै नभएर बिश्वलाई नै चुनौती दिने काम गरेको पाइएको छ । झट्ट सुन्दा अपत्यारिलो लाग्ने माटो र पानी लगायत प्राकृतिक पद्धतिबाट मानिसको उपचार सम्भव होला त ? सम्भव मात्रै होइन प्रयोग गरेर हजारौं मान्छे निको समेत पारिसकेको छ उक्त अस्पतालले । सबै प्रकारका रोगको सफल उपचार गर्ने दाबी गर्दै आएको उक्त चिकित्सालयले कोभिडमा बिरामीलाई निशुल्क उपचार गरी शत प्रतिशत रिजल्ट दिन सफल भएपछि उक्त अस्पतालको चर्चा अन्तर्राष्ट्रिय रुपमा हुन थालेको पाइन्छ । बिश्वले नियन्त्रण गर्न नसकेको कोभिडको समयमा उपचार गर्न उक्त अस्पताल पुगेका ७ सय ८५ बिरामीलाई कोभिड उपचार पछि निको भएर घर फर्किएपछि राज्यले आफ्नै देशको हिरा चिन्न नसकेको चर्चा हुन थालेको छ । कोभिडको समयमा महँगो अस्पताल पुगेर कतिपयले ज्यान गुमाए भने कतिपयले लाखौं खर्च गरेर बाच्न सफल भए तर यहाँ आएका बिरामीले नयाँ जिबन संगै निशुल्क उपचार पाए । २ बर्षका बालक देखि ९० बर्षका वृद्ध सम्मलाई कोभिडको उपचार पछि निको पारेको अस्पतालले एक ब्यक्ति कतिमा १४ दिन बस्दा प्रतिब्यक्ती १० हजारको सरदरमा खर्च लागेको तथ्यांक छ । कोभिडले देश आक्रान्त बनेर सबै भागाभाग बनेको अवस्थामा उक्त अस्पताललाई जिल्ला कोभिड अस्पतालमा परिणत गरि उपचार गरिएको थियो । “अन्य बिरामीहरुलाई सन्चो बनाएको इतिहास हेर्दा सक्छौ भन्ने एक मनले भनेका थियौ फेरि अर्को मनले बिश्वले नियन्त्रण गर्न नसकेको भाइरस हामी कसरी नियन्त्रण गर्न सकौला भन्ने त्राश पनि लागिरहेको थियो ।” उक्त अस्पतालका ब्यबस्थापक हरि सापकोटाले अस्पतालको बारेमा जानकारी दिदै हेर्नेकुरा अनलाइनलाइ बताउनुभयो । उहाँले प्राकृतिक चिकित्सालयले तत्काल सर्जरी र सरुवा रोग बाहेक सबै उपचार गर्ने भएपनि यो उपचार आफ्नै लागि नयाँ प्रयोग भएको बताउनुभयो । हामीले कोभिड उपचारमा १०० मा १०० रिजल्ट दियौ भन्ने समाचार विभिन्न मिडियाले छाप्दा यस्तो हुन नसक्ने भन्दै फेसबुकले समाचारलाई हटाइदिएको अनुभव ब्यबस्थापक सापकोटालाई छ ।

जस्तो सुकै बिरामीलाई पनि प्राकृतिक पद्धतिबाट उपचार गरेर निकै पार्दै आएको बताउने अस्पतालले कोभिडको पछिल्लो तथ्यांकले उक्त कुुरालाई थप प्रमाणित गरेको छ । ११ बर्ष देखि निरन्तर गैर नाफा मुलक ढङ्गले संचालन भएको अस्पताल बिश्वभरीको सस्तो अस्पताल भनेर पनि उपचार गर्न पुगेकाहरुले चर्चा गर्ने गरेको पाइन्छ । सम्पुर्ण रोगको उपचार सहित खाना बस्न गरेर दैनिकी मात्रै ९ सय रुपैयाँँमा उक्त अस्पतालमा उपचार गर्दछ । उपचारको लागि त्यहाँ पुगेपछि निको हुन्छ भन्ने थाहा पाएर स्याङ्जा जिल्ला आरुखर्कबाट उपचारको लागि उक्त अस्पताल पुग्नु भएकि बिष्णुमाया थापाले त्यहाँ पुगे लगत्तै अन्यत्र अस्पतालका औसधि खान छाडेको बताउनुभयो । “पाँच, छ बर्ष देखि महिनाको १२ हजार रुपैयाँको हाराहारीमा अस्पतालको औसधि खादै आएकी थिए अहिले यहाँ आएपछि ती औसधि सबै छोडे अहिले दुखाइ पनि छैन यहाँ उपचार गर्न आएको १२ दिन भयो अब केही दिनमा घर जान्छु ।” थापाले हेर्ने कुरा सगँकाे कुराकानीमा बताउनुभयो । खुट्टा दुख्ने, ढाड दुख्ने लगायतका बिमारले औसधि खाएर धेरै पैसा सकिएको र ती औसधि निरन्तर खानुपर्ने डाक्टरहरुले बताउनुभएको थियो तर आज औसधि छोड्दा कुनै दुखाइ छैन । त्यस्तै सोही नगरपालिकाकि सीता घर्ती पनि ढाडको समस्य भएर ४,५ महिना भरतपुरको औसधि खाएपछि कुनै निको नभएको र यहाँ आएपछि बिस्तारै निको भएको बताउनुभयो ।

प्राकृतिक शारीरिमा आउने समस्यलाई प्राकृतिक चिजबाटै ठिक पार्ने सकिने हुँदा यहाँ कुनै औसधि भन्दा पनि प्राकृतिक चिजको प्रयोगले रोग निको पार्ने गरेको डाक्टर आजात पुरिको भनाइ छ । यहाँ ठूलो औसधि केही खुवाइन्न र यहाँ उपचार गरेपछि जिन्दगीभर औसधि खाइराख्नु पनि पर्दैन । तपाईं हामीलाई सामान्य लाग्ने माटो,पानी लगायतका बिधिबाट रोग निको पारिन्छ, बिरामी निको नहुदासम्म यहाँ बस्ने हो यहाँबाट निस्केर गएपछि निरन्तर कुनै औसधि खानु नपर्ने गिरिको भनाइ छ । धेरै रोग छ भने अधिकतम बिरामी ३० दिन सम्म बसे जस्तो सुकै बिरामीपनि निको हुने गरेको उहाँको अनुभव छ । यहाँ आउने बिरामीलाई यहीँ उत्पादन भएको अर्गानिक बस्तु खुवाइन्छ भने बिरामीलाई जिन्दगीमा जिउने तरिका सिकाइन्छ । यसले उसमा भएको रोग यहाँ आएर निको हुन्छ भने त्यसपछि रोग लाग्न नदिन खानपिनको तरिका सिकाउने गरिन्छ ।

महायज्ञबाट रकम संकलन गरेर सुरुवात भएको उक्त अस्पतालमा उपचारमा आएका बिरामी निको भएपछि तिनै बिरामीले बनाएको भवन समेत भेटिन्छ । हामिले फाइदाको लागि भन्दा पनि अस्पतालको प्रशासनिक खर्चको लागि मात्रै बिरामीसंग पैसा लिने गरेका छौ । यदी सरकारले अस्पतालमा केही दरबन्दी दिन्छ भने यो रकमलाई समेत घटाउन सकिने ब्यबस्थापक हरि सापकोटाको भनाइ छ । जग्गा सरकारी र भवन दाताले बनाइदिएको हुँदा र सेवा मुखी भावनाले संचालन गरिएको हुँदा प्रशासनिक खर्च भन्दा अरु रकम जोहो गर्न नपरेको हुँदा सस्तोमा उपचार गर्न सकिने सापकोटाको भनाइ छ ।

“एक पटकको लगानी जिबनभरको प्रतिफल” भन्ने नारालाई अगाडि सारेर काम गरेको अस्पतालले आगामी दिनमा देशभरका नागरिकलाई स्वास्थ कार्यक्रम संचालन गर्ने योजना समेत बनाएको छ । “खानपिन नमिलेर देशमा किड्नी फेलका समस्य धेरै देखिएको छ हामिले स्वास्थ अवर्नेसका कार्यक्रम संचालन गर्न सकेउ भने यस्ता समस्य कम भएर जानेछन्” सापकोटाको भनाइ छ । सरकार एवम् दाताको सहयोग भएर भौतिक संरचना बनाउन सकियो भने आगामी बर्ष देखि “नेपाल प्राकृतिक चिकित्सालय सामुदायिक शिक्षण अस्पताल” संचालन गर्ने गरि अस्पतालले तयारी गरेको छ । जेष्ठ नागरिकहरुलाइ आवास, भोजन र उपचार सहितको सेवा दिने लक्ष्य समेत राखेको अस्पताललाई सरकारले समेत हेल्थ टुरिजको रूपमा अगाडि बढाउन सक्ने देखिन्छ ।

“आहार नै औसधि , औसधि नै आहार” भन्ने मान्यता राखेर संचालन भएको अस्पतालमा पुग्ने जुनसुकै बिरामी पनि निको भएर फर्कने गरेको इतिहास हेर्दा लाग्छ हाम्रो देशमा सबै भएर पनि केही नभएको आभास यहाँका नागरिकले गर्नु परेको छ । राज्यबाट अरबौको सेवा सुबिधा लिएर बिरामी लुट्न पल्केका अस्पतालको बिगबिगी भैरहेको यस्तो अवस्थामा सामुदायिकबाट संचालन भएका यस्ता अस्पताललाई सबैको सकारात्मक सहयोगको आवश्यकता पर्ने देखिन्छ भने बिश्व लाई चुनौती दिनेगरी अगाडि बढेको यस्तो अस्पतालमा राज्यले पनि बिशेष ध्यान पुर्याउन पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय