एकीकृत समाजवादी नेता डा दुमन थापा

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १७ माघ । नेकपा(एकीकृत समाजवादीै) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।

मिर्गौला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । डा थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार