आयात प्रतिस्थापनको बिकल्प कृषि यान्त्रिकरण’

२०७९ बैशाख २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,२ बैशाख । निर्यातको तुलनामा आयात बढ्दै जाँदा देशमा बिदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अर्थतन्त्रमा नकारात्मक प्रभाबहरु देखिन थालेको छन् । त्यसैको प्रभाबले बैंकहरुमा तरलता अभाब बढ्दै गएको छ भने व्यवसायीले लगानी योग्य रकम पाउन मुश्किल मात्रै छैन््, अत्यावश्यक वस्तुको आयातमा प्रतिबन्धित हुने अवस्था सृजना हुन लागेको छ ।

देशको अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाई कम गर्न र आयात प्रतिस्थापनको बिकल्प केबल कृषि क्रान्तिबाट मात्रै सम्भब भएको मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले बताउनु भयो । आधुनिक युगमा चुनौती पूर्ण बन्दै गएको परम्परागत कृषिलाई यान्त्रिकरण गरेर मात्र आयात प्रतिस्थापन गर्न सकिने अध्यक्ष ढकालले बताउनुभयो् ।

मुद्राको अवमूल्यन, विश्वव्यापी मूल्यवृद्धि, तरलता अभाव, रेमिटान्स र पर्यटन क्षेत्रबाट हुने आयमा उच्च गिरावट आउँदा समेत खाद्यान्न, तरकारी, तेल, इन्धनदेखि बहुमूल्यका सामग्री निरन्तर आयात हुनुसँगै देशको विदेशी मुद्रा सञ्चिति घट्नुले अर्थतन्त्र दुर्घटना उन्मुख छ भन्ने देखाएको जिकिर गर्दै अध्यक्ष ढकालले समयमै कृषिको यान्त्रिकरणसँगै उत्पादनमा वृद्धि गर्नुको बिकल्प नरहेको दाबी गर्नुभयो ।

संकाटान्मुख अर्थव्यवस्थालाई सहि लिकमा ल्याउन कृषि क्षेत्रमा लगानी र यान्त्रिकरण बढाएर उत्पादनमा बृद्धि गरेर त्यसको बजारिकणमा सहजता ल्याउने उद्देश्यले देशभरका अगुवा लगानीकर्ताको लगानीमा मुक्तिनाथ कृषि कम्पनी संचालनमा ल्याएको समेत अध्यक्ष ढकालले जानकारी दिनुभयो । कृषिमा रोजगारी सृजना गरेर दिगो रुपमा उत्पादन बढाउन सकेमात्रै स्वतः आयात निरुत्साहित हुने निश्चित छ ।

देशमै उत्पादन हुने र गर्न सकिने कृषिजन्य वस्तुको आयातमा वर्षेनी अरबौं रुपैयाँ बाहिरीएको छ । कृषिको उत्पादन बढाएर वर्षेनी विदेशीने रकमलाई रोक्न सके ४० प्रतिशतको हाराहारीमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा योगदान रहेको कृषिको हिस्सालाई ७० प्रतिशतमा पु¥याउनु आवश्यक रहेको ढकालले जिकिर गर्नुभयोे ।

आयातलाई निरुत्साहित गर्नका लागि झण्डै ४० करोड अधिकृति पुँजीको लागतमा काडमाडौंमा स्थापित मुक्तिनाथ कृषि कम्पनीले देशका सातै प्रदेशमा शाखा कार्यालय खोलेर कृषिमा लगानी वृद्धि गर्न थालेको छ । समयानुकुलको विउ, त्यसमा प्रयोग हुने यन्त्र र आवश्यक पर्ने जनशक्ति जुटाउन कम्पनीले लगानी गर्न थालेको छ ।

कम्पनीले जिल्ला जिल्लमा रहेका सहकारी मार्फत कृषकहरुसँग जोडिएर उत्पादन गर्न र त्यसको बजारिकणमा सहजीकरणको काम थालेको छ । कम्पनी मार्फत केहि समयभित्र निर्यात योग्य वस्तु उत्पादन गरेर नेपाललाई कृषिजन्य वस्तु निर्यात गर्ने देश बनाउने लक्ष्य रहेको ढकालले सुनाउनुभयो ।

पहाडी भु–भागमा मौसमी तथा बेमौसमी तरकारी खेती, सुन्तला, अलौची, कफि र तराई क्षेत्रमा धान, गहुँ, मकै, दलहन र तेलहन खेतीका लागि नर्सरीमा तयार भएका उन्नत जातको विउ लगाउन कृषकलाई आग्रह गरिएको उहाले बताउनुभयो । नर्सरीदेखि उत्पादनसम्म र उत्पादित वस्तुको बिक्रीविरतण तथा बजारिकणमा कम्पनीले सहजीकरण गर्ने ढकालले बताउनुभयो ।

कृषि पेशामा रोजगारी हुने जुनसुकै उमेर समूहसँगको सहकार्यमा कम्पनीले माटो परिक्षण गर्ने यन्त्र उपलब्ध गराएर सम्भाबित जमिनमा हुने खेती त्यसको लागत मुल्य निर्धारण कम्पनीले गर्नेछ । उत्पादित वस्तुको बजार मुल्यमा कम्पनी मार्फत खरिद बिक्रीको समेत व्यवस्था गरिने छ ।

“कृषिजन्य उत्पादनमा चुनौती छन् तर हामीले कम्पनीको सहकार्यमा उत्पादित वस्तुको वर्गिकरण गरेर निर्यात योग्य र नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा छौं ।” मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले भन्नुभयोे, “उत्पादन गर्न लाग्ने र खोज्ने कृषकलाई हामी मल, विउ र लगानी गर्ने रकम अभाब हुन् दिन्नौं ।” हाम्रै लगानी, हाम्रै बजार कृषक सुरक्षित उहाले भन्नुभयोे ।

आयात हुने वस्तुलाई प्रतिबन्धित हुने अवस्था आउन दिने होईन्, त्यसलाई त हामीले निरुत्साहित गर्न आवश्यक रहेको ढकालको बुझाई छ । आयात हुनु र निर्यात गर्नु दुबै जरुरी हुन्छ भन्ने ढकालले आयातलाई प्रतिस्थापन गर्दै हाम्रो उत्पादनलाई निर्यातमुखी बनाउन लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

निर्यातमुखी उत्पादनमा सरकारले लगानी गरे मुलुक आत्मनिर्भर बन्ने बताउँदै बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले निर्यातमुखी उत्पादनमा सरकारलाई अनुदान बढाउन आग्रह गर्नुभयो । कृषिजन्य उद्योग दर्ता गरेर कागजात मिलाएकै भरमा पाउने अनुदानलाई रोक लगाएर उत्पादित वस्तुको मात्रा वर्गिाकरण गरेर त्यसैको आधारमा अनुदानलाई प्रोत्साहन गर्न उहाले सरकारलाई सुझायो ।

हातमा सिप र मनबाटै जाँगर सृजना गर्न सक्ने जोकोहिलाई पनि अब कृषिमा बिचलन आउन नदिने कम्पनीले अठोट गरेको बताउँदै अध्यक्ष ढकालले कृषिको गुणस्तरीय उत्पादनमा सहकार्य गरेर देशलाई आत्मनिर्भर बनाउँदै अगाडी बढ्न आग्रह गरे । उनले कृषिमा आधारित उत्पादनमा लाग्ने इच्छा भएका व्यक्तिलाई कम्पनीले जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय