स्याङ्जा, ३ जेष्ठ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएकाे छ ।
नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार प्रकाश तिवारी तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै विजय भएका हुनुभएको हो । तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याउनुभएको थियो ।
छोटो समयमै राजनीतिमा उदाउनुभएका तिवारी गत कांग्रेसको जिल्ला अधिवेशनमा स्याङ्जा जिल्ला क्षेत्र नं १ प्रदेश सभा (ख) को सभापतिमा निर्वाचित भएका हुनुभएको थियो ।
यस्तै, १ हजार ६० मतको मतान्तरले उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बन्नुभएको हो ।
गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी ६ वटा वडा रहेको यस गाउँपालिकामा वडामा पनि कांग्रेसकै वर्चस्व रहेको छ ।
जसअनुसार अर्जुनचौपारी १ मा कांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।