स्याङ्जाको पुतलीबजारमा नगरपालिका कांग्रेसका उम्मेदवार विजयी

२०७९ जेष्ठ ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३ जेष्ठ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पुतलीबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार तुलसीराम रेग्मी १२,४९४ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट (एमाले) उम्मेदवार सिमाकुमारी क्षेत्रीलाई २,४०४ मतान्तरले पराजित गर्नुभएको हो । पराजित सिमाकुमारी क्षेत्रीले १०,०९० मत ल्याउनुभएको छ । यसैगरी उपप्रमुखमा देवी अर्यालले ११७४८ मत प्राप्त गरि विजयी हुनुभएको छ उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश पुरीले १०७६१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय