बुटवलका कान्छो वडा अध्यक्षको जेठो निर्णय, राज्यकै गौरवको आयोजना अगाडि बढ्यो

२०७९ जेष्ठ २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बुटवल , २९ जेठ । बुटवल उपमहानगर पालिकाका १९ वडा मध्य उमेरले सबैभन्दा कान्छो वडा अध्यक्षमा निर्वाचित १५ नम्बरका वडा शिव रानाले अन्य वडाको तुलनामा जेठो निर्णय गर्नुभएको छ ।

विगतका समयमा अगाडि बढ्न नसकेको राष्ट्रिय गौरवको योजना अगाडि बढाउन वडा अध्यक्षमा निर्वाचन भए लगत्तै निरन्तर लाग्नु भएका रानाले अन्ततः स्थानीय एवम् वडाका सबैको सहमतिमा योजना अगाडि बढाउने निर्णय सहितको फाइल शुक्रबार उपमहानगर पालिका नगरप्रमुख खेलराज पाण्डेलाई बुझाउनु भएको छ ।

बुटवलको पुरानो बसपार्कमा रहेको थोक बजार सागुरो भएपछि बर्षौ देखी त्यसको विकल्प खोज्न थालिएको भएपनि त्यसले सार्थकता पाउन सकेको थिएन । जग्गा उपलब्ध हुन नसक्दा नेपाल सरकार,नेदरल्यान्ड सरकार र आए फिडिको लगानीमा बन्न लागेको राज्य गौरव पुर्ण आयोजना अत्याधुनिक प्रबिधि युक्त, निर्यात मुलक कृषि उपज केन्द्रको काम अगाडि बढ्न सकेको थिएन । किसान र बजारलाई सिधा जोड्ने गरि अत्याधुनिक कृषी उपच केन्द्रको आयोजना अगाडि बढाउने महानगरको सकृयताले सार्थकता पाउने भएको छ ।

नगरप्रमुखमा निर्वाचित भएपछि आयोजना अगाडि बढाउन निरन्तर लाग्नुभएका नव निर्वाचित नगरप्रमुख खेलराज पाण्डेले राष्ट्रिय गौरवको आयोजनाको लागि जग्गा उपलब्ध गराएकोमा वडा लगायत वडावासीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । निर्णयको फाइल बुझ्दै प्रमुख पाण्डेले भन्नुभयो। यो आयोजना सफल भएपछि लुम्बिनी प्रदेश मात्रै भएर गण्डकी लुम्बिनी बागमती कर्णाली प्रदेशका कृषक समेत लाभान्वित हुने छन् । यस अघि इडिबीका ३ वटा परियोजना गुमेको स्मरण गर्दै यो योजना कुनैपनी हालतमा बुटवल बाहिर जान दिन नहुने धारणा समेत राख्नु भयो ।

अत्याधुनिक एकीकृत थोक कृषि बजारको लागि कृषि मन्त्रालयको योजना अनुरुप जग्गा प्राप्तिको लागि लुम्बिनी प्रदेश सरकार र बुटवल नगरप्रमुख पाण्डेको टोलिले आग्रह गरेको थियो । सोही अनुरुप अत्याधुनिक प्रबिधि युक्त, निर्यात मुलक कृषि उपज केन्द्र बुटवल उपमहानगरपालिका १५ को मुक्ति धाम घाटको उत्तरपुर्वी क्षेत्रमा रहेको १८।७३ हेक्टर जमिनमा आयोजना संचालन गर्ने गरी वडा नम्बर १५ को सर्वदलीय बैठकमा सबैको सहमतिमा जुटेपछी उक्त आयोजना अगाडि बढ्ने भएको हो । आगामी पुस सम्म जग्गा प्राप्ति नभएर योजना गुम्ने नेदरल्यान्ड सरकारका प्रतिनिधिले जनाउनु भएको थियो ।

कृषकले उत्पादन गरेका कृषी सामाग्री संगै पशु पशुपन्छी सहित एक लाख मेट्रीकटनको खाद्यवाली राख्न सकिने उक्त बैज्ञानिक प्रविधिसहितको गोदाम घरमा पचास हजार टनको तरकारी स्टोर गर्न सकिन्छ । तरकारी तथा फलफुलको गुणस्तर निर्धारण प्रयोगशाला सहित प्रशोधन केन्द्र, बिउ भण्डार गृह निर्माण गरिने कृषी मन्त्रालयका सचिव डाक्टर गोबिन्द्र प्रसाद शर्माले बताउनुभयो । उहाँले उक्त आयोजना राष्ट्रिय प्राथमिकताको आयोजना रहेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय