फोहोर व्यवस्थापन नगरी खादा माला नलगाउने घोषणा गरेका बालेन शाहको गलाभरी माला,पुरा गरेनन् बाचा

२०७९ असार ३०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनाव जिते लगत्तै खाएको कसम बाचा पुरा नगरी तोडेका छन् । चुनाव जिते लगत्तै मेयर शाहले काठमाडौंको फोहोर व्यवस्थापन नगरी खादा माला नै नलगाउने घोषणा गरेका थिए ।

काठमाडौंका सडक किनाराहरुमा अहिले पनि फोहोरका ढंगुर देख्न सकिन्छ । मेयर शाहले आफ्नो बाचा पुरा नगरी बिहीबार एक सार्वजनिक कार्यक्रममा गलाभरी माला भिरेर आफ्नो भनाइ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय