अबको गल्याङ नगरपालिका यस्तो हुनुपर्छ : नैनादेवी पाण्डे 

२०७९ आश्विन २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गल्याङ नगरपालिका नेपालको प्रदेश न ४ (गण्डकी प्रदेश) अन्तर्गत स्याङजा जिल्लाको तेस्नाे व्यापारीक केन्द्र गल्याङ बजारलाई केन्द्रमानी सेरोफेरोमा फैलिएर रहेको कारण यस नगरको नाम गल्याङ नगरपालीकाको रुपमा रहन गयो । यस न पा मा ११ वटा वडा कायम गरिएको छ । यो न पा समग्रमा भौगोलीक रुपले त्यती सहज र सुुगम भने छैन तथापी केही वडाहरु यातायातको हिसावले सहज नै छन् ।

समग्रमा गल्याङ न पा को विकास शुन्य प्राय नै छ । यातायातको हिसावले कच्ची सडक सज्जाल सबै वडामा पुुगे पनी बर्षायामसँगै सडकको अवस्था बिग्नन गइ धेरै वडाहरु केन्द्रसँग सम्पर्क विच्छेद हुुने भैरहन्छ हरेक बर्ष सडकमा गरिने खर्च वालुवामा पानी हाले सरह नै भएको पाइन्छ । राष्ट्रिय राजनितिको अस्थिरताले समग्र विकासमा प्रभाव पारेपनी स्थानिय सरकारले त्यसको चिरफार गरी स्थायी समाधान दिन सकेको देखीदैन । सुचना प्रविधिको क्षेत्रमा केही फड्को मारेको देखिन्छ ।

बिकासका आधारभु्त कुराहरु शिक्षा,स्वास्थ्य र सडकको क्षेत्रमा उल्लेख्य काम भएको पाइदैन । सम्भवत : जनप्रतिनिधिहरुमा इच्छा शक्ती इमान्दारीता र भिजनको कमिका कारण यी कुराहरुमा आवश्यकता अनुरुप काम हुन सकेको छैन । नगर भित्र रहेका स्कुुल तथा कलेजहरुमा शैक्षिक गुुणस्तर नहुुनुु र निजि बिद्यालयहरुले चर्काे शूुल्क लिएर दिने सेवामा स्थानिय जनता आफ्ना छोरा छोरीलाई रिण लिएरै पनी निजि बिधालयमा पढाउन बाध्य छन ।

प्राय कृषकहरु समयमा बिउ, मल, प्राविधीक सहयोगको अभावले कृषि पेशाबाट पलाएन हुुने र कहि कतै आफ्नै उर्जामा कृषिलाई व्यवसायिक रुपमा अगाल्न चाहनेहरु पनी उचित सरक्षण तथा उत्पादनलाई बजार व्यवस्थापनको कमी तथा नक्कली कृषकको कारण लगानी डुुब्ने र रोजगार नै समाप्त हुने खतरामा छन् । यसै गरी नगर भित्रका गरिव र बेरोजगार जनता स्वास्थ्यको पहुुँचबाट समेत बञ्चीत छन् । स्वास्थ्य विमाको अवधारणाले केही फरक महसुुस गराए पनी त्यसको सहिअर्थमा सहयोग पुुगेको पाइदैन । नगरपालिकामा रहेको नगर अस्पताल पनि व्यावस्थापनको अभाव र उपयूुक्त सरसफाइको कमी र पाउँनुु पर्ने सुुबिधा उपलब्ध नहुुँदा लाभान्बीत हुुन सकेको पाइदैन । औषधीको अभाव बिरामीको चाप अनुुकुुल पर्याप्त डाक्टरहरुको अभाव पनी जनताले पाउने सुुबिधाबाट बञ्चीत हुुनुुको अर्काे कारण हो । प्रत्येक वाडमा १ जना डा सहीतको टोली उपलब्ध गराउन सकेमा यस्ता समस्यामा धेरै कमी गर्न सकीन्छ ।

नगर भित्र कुनै किसिमका उधोग सञ्चालनमा छैनन् । र त्यसको निम्ती कुुनै क्षेत्र पनी निर्धारण गरिएको पाइदैन । यस्तो उधोग जसले रोजगारी सृजना गरोस र केही हदसम्म रोजगारी दिलाओस । कृषि उधोगको कही कतै योजना देखिदैन । कृषीलाई आधुुनीकिकरण गर्ने राष्ट्रिय योजना कता थन्कीएको छ पत्तो छैन । प्राविधिक जनशक्ती उत्पादन र प्रयोगको निम्ती कुनै योजना छ वा छैन अथवा कहाँ के गरीदैछ । जनस्तरमा सुुचना छैन । सबै भन्दा महत्वपूुर्ण कुुरा त के भने जनताको चाहना भनेको शु शासन, भ्रष्टचार मुुक्त समाज, सुुरक्षाको ग्यारेन्टी र क्रमागत बिकासका कार्यक्रम नै हुुन् तर स्थानिय सरकार यी कुराहरुमा बेखबर जस्तै देखिन्छ । आसेपासेका चाकडी, चिल्ला गाडी,भत्ता ,तलव र भ्रष्टचारमा निर्लिप्त प्रतिनिधि देखेर जनतामा निरासा छाएको छ । जसको कारण यो प्रणाली नै सकिने खतरा बढेको छ ।

तसर्थ अबका बर्षहरुमा आउने बजेट,निति तथा कार्यक्रमहरुले यी सबै समस्याहरुलाई समाधान गर्ने गरी बिज्ञहरुको सल्लाह र सुुझावमा हरेक बर्षका समस्याहरुलाई दिगो समाधान गर्ने योजना तथा कार्यन्वयन गर्न जरुरी छ । हरेक वडाका स्कुुल तथा कलेजलाई निगरानी गर्नुु जरुरी छ । कुुनै बिधालयमा पाँचजना विधार्थी र तिन जना शिक्षक छन् भने दुुई सय बिधार्थि र तिन जना शिक्षक छन । के यो उचित प्रकृया हो ? कसरी गुुणस्तरीय शिक्षा दिन सकीन्छ ध्यानदिनु जरुरी छ । शिक्षकहरुलाई राजनितिमा सरीक बनाउने परम्पराको अन्त्य अपरिहार्य छ । उचित निगमन र दण्ड जरीवानाको कार्य कडाइका साथ लागू गर्न नगर जिम्मेवार बन्नु पर्ने देखिन्छ । सडकहरुको गुणस्तर सुधार गर्ने, योजना बद कार्यक्रमहरु सञ्चालन गर्ने, नगर अस्पतालको गुणस्तर क्षमता विस्तार तथा आधुनिकीकरण गरी नगरबासीलाई निःशुुल्क स्वास्थ्य सुविधा गराउने ,शिक्षामा सबैको पहुच बढाउने र कम खर्चिलो बनाउने । कृषि उधोगलाई प्रोत्साहन गरी रोजगारी सृजना गर्ने । पर्यटकीय स्थलहरुको पहिचान ,सम्वर्धन र संरक्षण गरी पर्यटन व्यावसाय बिस्तार गर्ने । प्राविधिक विधालय स्थापना गरी प्राविधीक जनशक्ती उत्पादन गरी स्वरोजगारको व्यावस्था गर्ने । समाजमा सदभाव र सुुरक्षा प्रदान गरी दिगो विकासमा सबैको साथ हासिल गर्ने कुरामा जनप्रतिनिधीहरु लाग्नु जरुरी छ ।

मलाई लाग्छ यी यस्तै धेरै चुनौतिहरुलाई स्वीकार गरी नगरको विकासमा योगदान गर्ने तपाईका प्रतिबदताहरु समय अनुकुल प्रवल र उच्च मनोबलका साथ अगाडी बढुन् । यो चुुनौति तपाईको निम्ती महान अवसरको रुपमा खडा छ । त्यसैले जनता र समाजलाई केन्द्रमा राखेर “हरेक समस्याको निकास नगरको बिकास” भन्ने नारा जस्तै बनेस् पूर्णतया तपाइकाे कार्यकाल इतिहासले गर्व गर्न लायक बनेस धेरै धेरै शुभकामना ।

नैनादेवी पाण्डे 
गा.न. पा. ३ तल्लाे गल्याङ स्याङ्जा

स्याङ्जाको गल्याङमा रहेको शुभ बिहानी सहकारी सस्थाले जेष्ठ २९ देखि ३० गतेसम्म आयोजना गरेको उद्घोषण तालिममा सहभागीहरुलाई तालिम पछि लगाइएको कार्य । तालिममा प्राप्त गरेको ज्ञान व्यबहारमा लागु होस् भन्ने उदेश्यका साथ लेख उत्कृष्ट हुने लाई हेर्ने कुरा अनलाइनले प्रथम,द्वितीय र तृतीय पुरस्कारको ब्यबस्था गरेको छ । हामीलाई उत्कृष्ट लागेका चार लेख यहाँहरु माझ प्रस्तुत गरेका छौं । यहाँको प्रतिक्रियाको आधारमा यी चार लेखलाई प्रथम द्वितीय र तृतीय पुरस्करको घोषणा गर्नेछौ । लेखले सामाजिक बिषयलाई कत्तिको छुन सक्यो भनेर यहाँहरु माझ प्रस्तुत गरिएको हो । यहाँलाई लागेको कुरा कमेन्ट बक्समा दिन नभुल्नु होला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय