राष्ट्रपतिकाे पेटमा समस्या आएपछि अस्पतालमा भर्ना

२०७९ चैत्र १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा समस्या भएपछि उहाँ शनीबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि शनीबार साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय