जन्मदिनमा आमाको न्याय खाेज्दै कृशालाले लेखिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ लाई भाबुक खुला पत्र

२०८० जेष्ठ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

आज मेरो जन्मदिन म मेरो जन्मदिने आमाको न्याय खोजिरहेछु 


माननीय ऊप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ज्यू

गृह मन्त्रालय
सिंहदरबार काठमाडौं

  विषय :  खुला पत्र

सर्वप्रथम हामी पीडित दाजु बहिनिको तर्फबाट तपाईंलाई हार्दिक बधाई एवम् उत्कृष्ट कार्यकालको शुभकामना।

आज हामी यो पत्र लेख्न बाध्य छौ  । तपाईले एक कार्यक्रममा वोलेको कुराले हामीलाई पनि न्यायको आशा पलाएको थियो र छ महिला हिंसा गर्नेलाई कडा भन्दा कडा कारवाहि गरिने छ । यहाँ महिला हिंसा मात्रै होईन घरपरिवार वाट १५/१६ घण्टा थुनेर एक निर्दोष महिला मारिएको छ र पनि कुनै अनुसन्धान भएको छैन अव हामी तपाईलाई कसरि विश्वास गरौ जसको नेतृत्वमा तपाई स्वयं हुनुहुन्छ । हामी एउटी निर्दोष आमा कमला सुबेदी न्यौपानेको हत्या र हत्यारा माथि गहिरो अनुसन्धान भएर कानुनी कारवाही होस् भनेर भौतारीरहेका छौ । तपाईं संग उपस्थित भएर हाम्रा पिडा सुनाउने अवसर प्राप्त नभए पनि तपाईँले भनेको त्यो कुरा संचार माध्यम मार्फत थाहा पाएपछि तपाईं प्रति हाम्रो आशा पलाउनु स्वाभाविक नै हो ।

हामी जतिपनि ठाउँमा न्यायको खोजीमा भौतारिएर पुग्यौ त्यहाँ सहयोग र आश्वासन पाएकै छौ तर जुन ठाँउ जिल्ला प्रहरी कार्यालय स्याङ्गजा बाट सहयोग पाऊनु पर्ने हो त्यो हुन सकेन राम्रो अनुसन्धान त भएन भएन हाम्रो मनमा लागेका कुरा पनि सुनिदिने कोही भएन उल्टै हामी पिडित माथि लाठी र बुट प्रहार भै रहे । प्रहरी परिचालन गरेर हाम्रा विरूद्ध लाग्ने काम भैरहेछ । हामी दिनहु जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालतमा न्यायको हार-गुहार मागिरहेछौ तर पनि हाम्रो पिडा सुन्न कोहि तयार छैन । हामी न्याय माग्न हिडी रहेकाछौं हाम्रो अगाडि पछाडि प्रहरी हिँडिरहेका छन्  । लाग्छ अहिले हाम्रा लागि लोकतन्त्र होइन जहानिया राणातन्त्र छ जहां दुईशव्द वोल्न र वोलेको सुनिदिन कोहि तयार छैनन । घटनाको विषय त तपाईंलाई पनि अवगत नै होला नभए पनि अब यस विषयमा पक्कै पनि चासो लिनुहुनेछ। भुटानी शरणार्थी प्रकरणमा तपाईको अडार निर्णय देख्दा हामीलाई पनि आमाको न्याय प्राप्ति हुन्छ भन्ने आशा लागि रहेछ अनि अर्को कारण तपाई एक कार्यक्रममा वोलेको कुरा र हामी भुइमान्छेलाई न्याय दिने निर्णायक ठाउँको अनुसन्धान गर्ने गृह मन्त्रालयको नेतृत्वमा स्वयम हुनुहुन्छ तर पनि हाम्रो आवाज वन्द भएका छन् । तपाईको मातहतमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तपाईको कुरालाई गिज्याई रहेछन् जस्तो लाग्छ । ऊनिहरू हाम्रो आमा कमला सुबेदि न्यौपानेलाई मार्ने मान्छे कसरी जोगाऊने र भगाऊने भनेर मात्रै लागि रहेछ । अब भन्नुस हामी पिडित कसरि तपाई वोलेको कुरा पत्याउ र हाम्रो आमा कमला न्यौपानेले न्याय पाऊनु हुन्छ भनेर । त्यहि भएर आज तपाईलाई यो पत्र लेख्न हामी छोराछोरी वाध्य छौ आशा छ अव त हाम्रो यो विलाप पक्कै सुनिनेछ अरूले न सुने पनि तपाईंले सुन्नु हुनेछ अब तपाईँले राजनीतिक पात्र होइन कानुन र न्याय हेर्नु हुनेछ हाम्रो विरुद्ध होइन अपराध गर्नेका विरुद्ध स्याङ्गजा प्रहरी परिचलान गर्नु हुनेछ । हामी पनि गएर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालत स्याङ्जामा आमा कमला न्यौपाने सुबेदीका विषयमा वास्तविक दुई शब्द बोल्न र सुनाउन पाउनेछौ । अहिले त बाहिर प्रहरी परिचालन गरेर भित्र हाम्रो विपक्षमा आदेश भैरहेछन्। वुझ्न र खोज्न पर्ने मान्छेहरुलाई लुकाइरहेछन् तिनीहरू माथि गहिरो अनुसन्धान सुरु नै गरिरहेको छैन । के कसरी उम्काउने भन्ने मात्र कार्य भैरहेछ आशा छ अब त्यो हुनेछैन यस्तो जधन्य अपराध गर्ने दोषीहरु उम्कने छैनन र हाम्रो आमा कमला सुबेदी न्यौपानेको आँखा बन्द भएपनि न्यायको आँखा बन्द हुनेछैन हामी घरपरिवार बाटै घरबार बिहिन टुहुरा भए पनि न्याय प्राप्तिमा तपाईंले टुहुरा हुन दिनुहुने छैन ।
तपाईं संग भेटेरै सबै विलौना राख्ने इच्छा छ, आशा छ त्यो समय पनि छिट्टै प्राप्त हुनेछ र हाम्रा पिडा सम्बोधन हुनेछ।
अहिलेलाई यति नै।धन्यबाद

किस्मत न्यौपाने
कृतिका न्यौपाने
कृषला न्यौपाने
पुतलिवजार न.पा.१३,स्याङ्जा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार