शिक्षकका जायज माग पूरा गर्नुपर्छ, बजेट बढाउनुपर्छ : सांसद थापा

२०८० आश्विन २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२० असोज। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य राजु थापाले शिक्षा क्षेत्र सुधार गर्नका लागि शिक्षामा बजेट बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन हुनुपर्ने बताउनुुभयो। थापाले भन्नुभयो, ‘सामुदायिक विद्यालयको शिक्षा स्तर खस्कियो भनेर भनिन्छ, तर प्रत्येक बर्ष सरकारले ल्याउने बजेटले शिक्षा क्षेत्रलाई वेवास्ता गर्ने गरेको छ अब हामीले साच्चिकै शिक्षामा सुधार गर्ने हो भने, कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ ।’

गाउँगाउँमा सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि समुदायबाट पैसा उढाउनुपर्ने वाध्यता रहेको र स्कूल बसका लागि विदेशी राष्ट गुर्हानुपरेको भन्दै यसका लागि सरकारले उचित पहल गर्नुपर्ने थापाको भनाइ थियो । संसदमा प्रस्तुत शिक्षा विधेयकमा रहेका कमीकमजोरीलाई सच्चाएर शिक्षकका जायज माग पुरा गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै सांसद थापाले देशको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्र तहसनहस हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अबको शिक्षा विश्वबजारमा बिक्ने खालको बनाउने गरी सरकारले तयारी थाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय