३५ बर्ष भन्दा माथीको भलिबलको उपाधी रामपुरलाई

२०८० कार्तिक ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रभा पाण्डे
स्याङ्जा, ११ कार्तिक। १० टिम बीच भएको ३५ बर्ष भन्दा माथिको भलिबल खेलको उपाधी रामपुरको टिमले प्राप्त गरेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ खोर्दीमा कार्तिक ४,५ र ६ गते संचालन भएको ३५ बर्ष भन्दा माथीको भलिबल खेलमा रामपुरले प्रथम पुरस्कार ३५ हजार सहितको उपाधी हात पारेको हो । त्यस्तै गुल्मीको सत्यवती दोश्रो भएको छ । दोश्रो टिमले २० हजार रुपैयाँ प्राप्त गरेको छ भने खेलमा तेस्रो बनेको गुल्मीको रुरु क्षेत्रले १५ हजार राशी प्राप्त गरेको छ । त्यस्तै बालकन्या खलुवाले ५ हजार सहितको सान्त्वना पुरस्कार प्राप्त गरेको छ । सान्त्वना पुरस्कारको रकम अखिल नेपाल मगर संघ केन्द्रिय सदस्य तथा पाल्पा अध्यक्ष थानीसरा थापाले सहयोग गर्नुभएको थियो ।

खेलमा बेस्ट प्लेयरको उपाधी पाल्पाका सन्तोष श्रेष्ठलाई प्रदान गरिएको छ त्यस्तै लामो उमेरसम्म पनि खेल क्षेत्रलाई माया गर्दै खेलमा सहभागी हुनुभएका ४५ बर्षिया सत्यवाती टिमका टंक कुवरलाई प्रेरणक खेलाडी घोषणा गरेको थियो ।

तीन दिन सम्म चलेको खेलको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खिम थापाले गर्नुभएको थियो भने पालिका उपाध्यक्ष सावित्री कोइराला र वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण बहादुर लामिछानेले कार्यक्रमको अन्तिमसम्म खेलाडीलाई हौसला प्रदान गर्दै खेल स्थलमै रहनु भएको थियो ।

समापन कार्यक्रमलाई थप आकर्षक बनाउन कलाकार अलिफ खान, श्याम राना लगायत स्थानीय कलाकारको प्रस्तुत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय