नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण

२०८० पुष २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२० पौष । नेपाल विद्यार्थी सङ्घ फेदीखोलाले देउसी भैलो खेलेर उठाएको रकम दृष्टिविहीन विद्यार्थीको लागि शैक्षिक सामग्री र बन्दोबस्तका सामग्रीमा खर्च गरेको छ । फेदीखोला गाउँपालिका वडा नं २ मा अवस्थित कालाभैरव मा.वि.मा अध्ययनरत ८ जना दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो ब्ल्याङ्केट साथै स्टेसनरी सामग्री वितरण गरिएको छ । त्यस्तै फेदीखोला गाउँपालिका वडा न. १ खड्का गाउँमा अवस्थित खोरथापे आधारभुत बिधालयमा अध्ययनरत १८ जना विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री बितरण गरेको छ ।

उक्त सामग्री वितरण कार्यक्रममा नेबिसंघ फेदिखोलाका सभापति महेश खड्का, नेपाली काङ्ग्रेस फेदिखोलाका पाटी सभापति महेन्द्र थापा, ने वि संघ केन्द्रिय सदस्य रेजिना खड्का लगायत नेबिसंघ फेदिखोलाका नेताहरु प्रकृति जि सि, सन्देश जि.सि, उत्तम गुरुङ, मुकेश गुरुङ, शैलेस थापा, लब खड्का र कुश खड्काको उपस्थिति थियो ।

यसभन्दा अगाडि पनि नेबिसंघ फेदिखोलाले देउसी भैलो कार्यक्रम आयोजना गरि कालाभैरव माबिमा अध्ययनरत दृस्टीबिहिन बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो भने भालु पहाड सरसफाइ, पहिरो पीडित परिवारलाइ आर्थिक सहयोग, दुर्घटनामा परेका युवालाइ आर्थिक सहयोग, कोभिडको बेलामा स्वास्थ सामग्री बितरण तथा जनचेतनामुलक कार्यक्रम, अमोर बालगृहमा अत्यावश्यक सामाग्री हस्तान्तरण, युवा क्लबलाइ कुर्ची हस्तान्तरण, युवाहरुलाइ प्रोत्साहनस्वरुप बेलाबेलामा खेलकुद प्रतियोगिता, विद्यार्थी हकहितका लागि अन्तरक्रिया कार्यक्रम लगायतका सामाजिक कामहरु गरेको नेबिसङ्घ फेदीखोलाका अध्यक्ष महेश खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय