काठमाडौं,२२ पुस। त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको छ ।
शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत)व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि० पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्भ गरिएको हो ।