फुटबल खेलमा फड्को मार्दै ने वि संघ फेदीखोला

२०८० पुष २३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा, २३ पुस । गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा न २ फेदिखोला रंगशालामा समाजसेवी खर्क बहादुर गुरूङज्युको मुख्य प्रायोजनमा आयोजना गरिएको वब् साईड फुटबल प्रतियोगितामा नेपाल विद्यार्थी संघ फेदिखोला गाउपालिकाले प्रथम स्थान हासिल गर्दै ट्रफी सहित खसि प्रमाणपत्र तथा मेडल जितेको छ भने उपविजेता सिदार्थ क्लबले २ वटा भाले सहित प्रमाणपत्र र मेडल जित्न सफल भएको छ ।

नेविंसघ फेदिखोलाको टिम कोचमा सन्देश जिसि र टिम म्यानेजर मुकेश गुरुङ रहनुभएको थियो भने उक्त खेलमा ७ वटा टिमको सहभागिता रहेको थियो । यसैगरी ने.वि. संघ फेदिखोला गाउपालिका सभापति बाबू महेश खड्काले दिएको जानकारी अनुसार Ap 75 क्लब स्याङ्जाले यहि पुस ११ गतेदेखि १४ गते गतेसम्म आयोजना गरेको फुटबल खेलमा १७ टिमको सहभागिता थियो भने नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाको टिमले प्रथम स्थान हासिल गरी ३०००० (तीस हजार) नगद, ट्रफी , मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय