ज्ञानोदय मा वि को ४९ औँ बार्षिक उत्सव सम्पन्न

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इन्द्र भण्डारी
स्याङ्जा ,५ माघ । स्याङ्जाको गल्याङ नगरपालिका ९ गौमुखमा रहेको श्री ज्ञानोदय मा वि को ४९ औँ बार्षिक उत्सव बुधबार सम्पन्न भएको छ । बिधालयको प्राङ्गणमा विभिन्न कार्यक्रम सहित बार्षिक उत्सव सम्पन्न भएको हो ।

गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपानेको प्रमुख अतिथित्वमा सम्पन्न कार्यक्रममा दलित, गरिब तथा जेहेन्दार बिधार्थिलाइ छात्रवृत्ति प्रधान गरिएको थियो । कार्यक्रममा बोल्दै न्यौपानेले शिक्षाको गुणस्तरका लागि नगरपालिकाले शिक्षकहरुलाई विभिन्न तालिम प्रदान गर्दै आएको र नगरपालिका भित्रको गुणस्तरीय शिक्षाको लागि नगरपालिका सदैव तयार रहेको बताउनु भयो । उहाँले भन्नूभयो “नगर भित्रका बिधालयको शैक्षिक गुणस्तर सुधार गर्नुका लागि नगरपालिका सधैंब तत्पर छ ।”

कार्यक्रमका अतिथि सोही वडाका वडा अध्यक्ष नामदेव खनालले आफुले पाएको जनप्रतिनिधिको सेवा सुबिधाको १० प्रतिशत रकम उक्त बिधालयलाई प्रदान गर्ने बाचा गर्नुभयो । विधार्थिको पहिलो शिक्षक अभिभावक भएको भन्दै अध्यक्ष खनालले अभिभावकहरुलाई आफ्नो बाल बच्चाको पढाइप्रति विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

उक्त कार्यक्रममा यस वर्ष कक्षा उर्तिण गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो । बिधालयको प्रअ तुलसा भण्डारीले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । सोही बार्षिक उत्सवमा पनि कविता,गित,भलिबल,हाजिरजवाफ जस्ता क्रियाकलापहरु समेत सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा देखिएको रुचिले बिधालयलाई समेत थप अतिरिक्त क्रियाकलाप गराउन बाध्य बनाएकाे सोही बिधालयको शिक्षिका शोभा भण्डारीले बताउनु भयो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल गैरेको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा सोही बिधालयका सहप्रध्यापक ज्ञान प्रसाद भण्डारी,सोही बिधालयको व्यवस्थापन समितिको सदस्य नरहरि भण्डारी, जानकि मावि का प्राअ लेखनाथ चापागाईं र गल्याङ बहुमुखी क्याम्पसका उपप्रध्यापक रिशिराम भण्डारी लगायत ले मन्तव्य राख्नु भएको थियो । कक्षा ९ मा अध्ययनरत विद्यार्थी नारायणी भण्डारीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन तुलसि भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय