साफ यु–१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगे

२०८० फाल्गुन १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ फागुन । फागुनको तेस्रो सातादेखि सुरु हुने साफ यु–१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगेको छ ।

मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन बिमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभएको थियो । प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । यसपटक आयोजक नेपालसहित चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन् । नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । साफ यु–१६ प्रतियोगीताको एन्फाले तयारी गरिरहेको प्रवक्ता शाहले बताउनुभयो ।

यसपटक यु–१६ उमेरसमूहको प्रतिस्पर्धामा पनि सबै टोलीले एकअर्कासँग समान एक–एक खेल्नेछन् भने शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ । प्रतियोगीतामा नेपाल भारत, भुटान र बंगलादेशले सहभागीता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय