पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ चैत । बागमती प्रदेश सरकारले अनलाइन प्रणालीबाटै बाटो इजाजत पत्र उपलव्ध गराउने भएको छ ।

मंगलबार यातायात व्यवस्था सेवा कार्यालय भक्तपुरमा आयोजित कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाईन पटके इजाजत पत्र भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा मन्त्री लम्सालले कार्यालयमा नगई अनलाइनमै इजाजत पत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।

यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालासँग पटक पटकको छलफल पछि पटके इजाजतलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन प्रणाली शुरु गरिएको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय