अहिले बामपन्थी एकता हुदैन : अध्यक्ष ओली

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोश्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने भन्दै बामपन्थी एकता हुन नसक्ने बताउनुभएको हो । आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकतावद्ध गरेको स्मरण गर्दै केहि मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उहाले बताउनुभयो । ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केहि व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राख्नुभयो । एमालेलाई मजबुद बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उहाले बताउनुभयो ।

त्यस्तै ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार