नेशनल लघुवित्तको निर्वाचन प्रक्रिया स्थगित,कर्मचारी माथी लगानी कर्ताको असन्तुष्ठि

२०८० चैत्र १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,१७ चैत । निर्वाचन प्रक्रियामा धादली भएपछि नेशनल लघु वित्त वित्तीय सस्थाको १० औं साधारणसभा स्थगित भएको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका १० मा केन्द्रिय कार्यालय रहेको सस्थाको नयाँ नेतृत्व चयनको लागि धुलिखेलमा शुक्रवार भएको साधारणसभामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

कम्पनी ऎनसंग बाझिने गरि निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै लगानीकर्ताले प्रश्न उठाएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । निर्वाचन हुनुपुर्व सहमतिको लागि उठाइएको प्रोक्सीका आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएपछी निर्वाचन प्रक्रियामा विवाद उत्पन्न भएको थियो । “हामीले सहमतिको लागि प्रोक्सी दिएका थियौ तर निर्वाचन हुने भएपछि आफै स्वयं उपस्थित भएर भोट हाल्छु भन्दा भोट हाल्न नपाएपछि विवाद भएको हो ।” एक संचालकले हेर्ने कुरा डटकम लाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रोक्सी दिएपनी ब्याक्ती स्वयं उपस्थिति भएमा भोट हाल्न पाउनुपर्ने कम्पनी ऎनमा व्यवस्था छ । तर कम्पनी ऎन भन्दा माथी उठेर प्रोक्सी दिएको ब्याक्तीले भोट हाल्न चाहेमा २४ घण्टा भित्र जानकारी गराउनुपर्ने सस्थाको निर्वाचन कार्यतालिका बनेपछि विवाद सिर्जना भएको हो ।” उहाँका अनुसार केही कर्मचारीको मिलोमतोमा आफ्ना पक्षको संचालक समिती बनाउन यस्तो चलखेल भएको आरोप छ ।

कम्पनीका सिईओ राम बहादुर यादवले संचालक समितिको निर्वाचन प्रक्रियामा केही विवाद भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उहाँहरुले प्रोक्सी दिएको सत्य हो तर प्रोक्सी दिएपनी स्वयं ब्याक्ती निर्वाचन प्रक्रियामा सहभागी भएपछि निर्वाचनमा विवाद भएको हो ।” उहाँले साधारणसभाका अन्य गतिविधि विवाद रहित ढंगले टुंगिएको र नयाँ समिति चयनमा केही विवाद भएको पनि जानकारी दिनुभयो ।

देशभर लघुवित्तलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको बेला काभ्रेको एक लघुवित्तको साधारणसभामा देखा परेको यस्तो समस्यले लघु वित्त प्रति आम सर्वसाधारणको धारणा नकारात्मक बन्ने तर्फ नेतृत्व संबेदनसिल हुन भने सकेन । लघुवित्तमा बैधानिक भन्दा अवैधानिक काम बढी हुन्छ भन्ने भाष्या आम नागरिकमा बनेको बेला यसको ठक्यै असर काभ्रेको एक लघुवित्तको साधारणसभामा देखा परेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय