प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रम

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० चैत । बागलुङ नगरपालिकाको विशेष योजनाअन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रम शुरु भएको छ । छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बालविवाहको उन्मुलन तथा सामाजिक एवं आर्थिकरूपमा विशेष संरक्षण प्रदान गर्ने, शिक्षित र स्वावलम्बन बनाउने प्रमुख उद्देश्यका साथ नगरपालिकाले प्रभु बैंकसँगको सहकार्यमा कार्यक्रम शुरू गरेको हो ।

बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंक लिमिटेडका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । बागलुङ नगरपालिका- २ की अदीती क्षेत्रीको नाममा मुद्दती खाता खोलेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

यो अभियानसम्बन्धी सम्झौता बमोजिम २०८० असार १ गतेपछि बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंक लिमिटेडको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा नगरपालिकाको तर्फबाट एकमुष्ट ५ हजार रूपैयाँ जम्मा गरिनेछ । बैंकले मुद्दती खातामा दिने ब्याजमा अधिकतम ब्याजदर प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकको इच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति (छोरी) ले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याइएको छ ।

‘नगरकी छोरी’ कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीकोको समाजिक सम्मान तथा आर्थिक संरक्षण प्राप्त भई हौसला बढ्ने, विभेद हट्ने लक्ष्य बैंकको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय