रुसी सेनामा भर्ती भएका स्याङ्जाका मीन बहादुर थापालाई उद्घार गर्न युद्ध ग्रस्त क्षेत्रबाट आग्रह (भिडियो सहित)

२०८० चैत्र ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ३० चैत । वैदेशिक रोजगारी सिलसिलामा भिजिट भिसामा रुस पुगेर रुसि सेनामा भर्ती भएका स्याङ्जाको भिरकोट नगरपालिका ७ का मीन बहादुर थापाले आफुलाई उद्दार गरिदिन आग्रह गर्नुभएको छ ।

दलाल मार्फत भिजिट भिसामा ६ महिना पहिले रुस पुगेका मगरले युद्धमा घाइते भएको भन्दै उद्दार गरिदिन आग्रह गर्नुभएको छ । हेर्ने कुरालाई प्राप्त भिडियो सन्देशमा उहाले नेपाल सरकारलाई उद्दार गर्न आग्रह गर्नुभएको छ । उहाले भन्नुभएको छ “युद्धमा जान भन्दा भाग्छु भन्दा उल्टै ट्रेलिस जस्तो बनाएर बन्दक बनाएर राखेको छ । अहिले रसीयाको चिचिनिय सैन्य इकाइमा छु अब कहाँ लैजान्छ थाहा छैन ।” उहाँले मिडिया मार्फत सरकारको ध्यानाकर्षण गराउन समेत आग्रह गर्नुभएको छ। घर परिवारलाई सबै जानकारी भएको हुँदा मिडियामा मार्फत सरकारलाई आग्रह गरेको उल्लेख गर्नुभएको छ । उहाँले आफुहरु दुई जना संगै रहेको र अर्को ब्याक्तीले घर परिवारलाई टचर भन्दै मिडियामा आउन नचाहेको पनि उल्लेख गर्नुभएकाे छ । उहाँले भन्नुभएकाे छ,”हामी दुई जना उद्दारको पर्खाइमा छौँ । मेरो घर परिवारलाई सबै थाहा भएको हुँदा म मिडियामा आएको छु । अर्को साथी मिडियामा आउन चाहनु भएको छैन ।”

मर्न परेपनी मिडिया मार्फत सरकारलाई सन्देश पठाउन तयार भएको भाबुक सन्देशको भिडियो मगरले युद्ध ग्रस्त क्षेत्रबाट पठाउनुभएकाे छ । काठमाडौँ आउने जाने क्रममा महेन्द्र सुवेदी भन्ने दलाललाई दस लाख रुपैयाँ बुझाएर त्यहाँ पुगेको बताउने मगरले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ । भागाभागका क्रममा आफूसंग कुनै कागजपत्र समेत नरहेको बताएका उहाँले सैन्य इकाई भित्र बन्दक जस्तै बनाएर राखेको उल्लेख गर्नुभएको छ ।

रुस सेना हाल करिब ५ हजार नेपाली रहेको रुसि सेवा आबद्ध नेपालीको जिबनरक्षार्थ अभियानका अभियानता कृतु भण्डारीले बताउनुभयाे । उहाँले रुसमा रहेका नेपालीहरुलाई फर्काउन सरकार जिम्मेवार नभएको आरोप समेत लगाउनुभयाे । यस बारेमा तथ्यांक संकलन गरेर सरकारलाई बुझाउदा पनि सरकारले कुनै वास्ता नगरेको आरोप समेत लगाउनुभयाे । उहाँले भन्नुभयाे , ”हामीले तथ्यांक संकलन गरेर गृहमन्त्री रबि लामिछाने देखि परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठलाई समेत पटकपटक ध्यानाकर्षण गराइसकेका छौँ तर सरकार सुनेको नसुनेइ गर्छ ।”

भण्डारीका अनुसार हालसम्म ६ सय २० जना विवरण संकलन भएको छ र ४ सय २० जना त ह्वाट्सप ग्रुप पनि जोडिएको बताउनुभयाे। उहाँका अनुसार हालसम्म ३९ जनाको नेपाल सरकारले मृत्यु भएको छ भने १८ जनाको नेपाल सरकारले मृत्यु पुष्टि गर्न बाकी छ । त्यस्तै ५ जना युक्रेनको कब्जामा पर्नुभएकाे छ भने १ सय १७ जना घाइते भएका छन् जसमा २ सय ६२ जना सम्पर्क बिहिन छन् । १२ जनाले रुसि सेनाको सम्झौता करार रद्द गरेर नेपाल आउने पर्खाइमा छन् भने ११ जनाले अन्जानमा रुसि राहदानीको लागि आवेदन दिएको भण्डारीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । सोही तथ्यांक अनुसार १९ जनाले रुसी राहदानी नलिने कागजमा हस्ताक्षर गरेको उल्लेख गरिएको छ । सोही तथ्यांकलाई आधार मान्ने हो भने रुसी सेनाबाट फर्किएकाको भनाइ अनुसार रुसि सेना करिब १४ हजार ७ सय नेपाली रहेको उल्लेख गरिएको छ जसमध्ये अहिलेसम्म २ हजार नेपाली मात्र उद्दारको सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय