श्याम राना,राजन कार्की र मञ्जु बिकको हुने भयो गल्याङ महोत्सवमा धमाका

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा १०, वैशाख । नेपाली दर्शक सामु निकै चर्चामा आएका श्याम राना ,राजन कार्की र मञ्जु बि.क आज अर्थात वैशाख १० गल्याङ महोत्सवमा आउनुहुनेभएकाे छ ।

स्याङ्जा जिल्लाकाे चापाकाेटमा जन्मिएर लाेक गायक क्षेत्रमा लाग्नु भएका चर्चित गायक श्याम राना मगर आज गल्याङ महाेत्सवमा आउनुहुने भएको हाे । उहाँ धेरै दर्शक श्रोताहरूको मनमुटुमा बस्न सफल कलाकार गल्याङ महोत्सवमा आउने गायक तथा उद्घोषक जगत गौडेलले जानकारी दिनुभयाे ।

दिलमा बसेकी, मैले मात्रै सम्झेर के होला, पुतली रेलीमै, म त हजुर हङकङको लाहुरे जस्ता गीतहरूले दर्शक श्रोताहरूलाई रमाउन सफल गायक राजन कार्की आज गल्याङ महोत्सवमा आउने भएका छन । लोक तथा दोहोरी गायिका मन्जु बि.क. को चढेको जवानी, मुटुमा चोट दियौ, तातो तातो चिया जस्ता विभिन्न गीतहरू रहेका छन् ।

महोत्सवमा गायक राजन कार्की, गायक राजेश भण्डारी , गायक तथा उद्घोषक जगत गौडेल र गायिका मन्जु बिकाको विशेष प्रस्तुति रहनेछ। त्यसै महोत्सवमा स्याङ्जा डान्स आइडल सिजन ३ प्रतियोगिताले समेत सबैलाई रोमाञ्चक गराउनेछ। गल्याङ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत्र ३० गतेबाट सञ्चालन भएको गल्याङ महोत्सव वैशाख १२ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय