ब्राह्मीचारी लक्ष्मी नारायण सुवेदीको निधन

२०८१ बैशाख १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा,१२ बैशाख । लक्ष्मी नारायण सुबेदि जिवनमा सदैव भगवानको आरधना र नित्य पुजा गरि वस्ने ब्राह्मीचारीको दुखद निधन भएको छ ।

२००३ सालमा स्याङ्जा जिल्ला साविक पिडिखोला गा.वि.स. वडा नं.०२ हाल गल्याङ नगरपालिका वडा नं.०६ पिडिखोला(घलाम) मा जन्मीनु भएका भारद्वाज गोत्रिय अनुयायी सुवेदीको आज बिहान नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. ०८ स्थित उहाँकै निवासमा विहानको करिव ९ः४५ मा दुस्खद निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सुबेदी जीवनकाल भरी विवाह नगरि बस्नुभएको थियो। धार्मिक कार्यमा निरन्तर लागि रहनु भएको थियो र लामो समय श्रीस्वास्थानी महिमामा लेखिएको स्याङ्जाको छायां क्षेत्र छाङ्छाङ्दी मन्दिरको मुल पुजेरी समेत हुनुहुन्थ्यो ।सुवेदी परिवार कै कुलदिप व्रमाचारी लक्ष्मी नारायण सुवेदीले समग्र धर्म संस्कृती प्रवर्धनमा एवं सुवेदी परिवारजनमा गहिरो क्षेति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय