कतारी अमिर थानी नेपाल आउँदा ८ सम्झौता,कतै छैन श्रमिकका मुद्दा

२०८१ बैशाख १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १३ वैशाख । खाडी मुलुक मध्ये नेपालीको आकर्षक गन्तव्य कतारलाई मानिए पनि कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा याे बिषय ओझेलमा परेको छ ।

नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता तथा समझदारी भयो । तर श्रम सम्झौताको कुरा भने नेपाल र कतारबीच छुटेको छ ।

श्रम सम्झौता नवीकरण मात्र नभएकाे र समग्र नेपाली श्रमिकको विषयमा व्यापक कुरा उठेको सरकारले बताएपनि यसकाे परिणाम भने कतै देखिएकाे छैन । नेपाली श्रमिकका लागि कतारमा पहिलेको जस्तो धेरै समस्या नभएको हुदाँ श्रम सम्झौता नवीकरण नभएकाे सरकारी अधिकारी बताउदै अाएका छन् । तलब वृद्धिको लागि कुरा नभइ समग्र नेपाली समग्र रुपमा नेपाली श्रमिकको हित होस भनी संवाद भएको उनिहरूकाे भनाइ छ ।

यस्ता छन् नेपाल र कतारबीच भएका आठ सम्झौता तथा समझदारी  :
१) नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२) राष्ट्रिय समाचार समिति (रासस) नेपाल र कतार न्युज एजेन्सी (क्यूएनए) बीच सहयोग र समाचार आदानप्रदानसम्बन्धी सम्झौता ।

३) नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहकार्यको लागि समझदारी ।

४) नेपाल सरकार र कतार सरकारबीच युवा र खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी ।

५) नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी ।

६) नेपाल सरकारको विदेश मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र कतारको विदेश मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी ।

७) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापना गर्ने सम्झौता ।

८) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीचको समझदारी नवीकरणसम्बन्धी समझदारी ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय