लगानी सम्मेलनको अघिल्लो दिन नेपालका लगानी कर्ता सडकमा आए

२०८१ बैशाख १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ वैशाख । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ताहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पूँजीबजार संर्घष समितिले प्रदर्शन गरेको हो ।

उनीहरुले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पूँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरु डुवेको भन्दै सहि नीति लिन माग गरेको बताउनुभयो । स्वदेशी लगानीकर्ताहरु नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्राउन नसकिने उहाले बताउनुभयो ।

लगानीकर्ताहरुले लगानीको सुरक्षा गर,नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय