प्लास्टिकको झोला मुक्त गर्न एक हप्ते झोला सिलाई तालिम

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २७ वैशाख । स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाले गण्डकी प्रदेशले सुरुवात गरेको प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियानलाई आत्मसाथ गर्दै प्लास्टिक मुक्त नगरपालिका बनाउने उद्देश्य सहित झोला सिलाई कार्यक्रम वैशाख १८ बाट सुरु गरी वैशाख २४ सोमबार बयरघारीमा समापन गरेको छ।

कार्यक्रममा सिलाई सम्बन्धी केही जानकारी भएका भिरकोटका विभिन्न वडाबाट महिला दिदीबहिनीहरुको सहभागी रहेको थियो। कार्यक्रम नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा भएको थियो।

कार्यक्रम मा बोल्दै नगर प्रवक्ता वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसीले नगरले भिरकोटलाई उद्यमशील बनाउनको लागि चार दर्जन भन्दा बढी कार्यक्रम गरिसक्यो तर उपलब्धि प्राप्त गर्न नसकेको हुँदा यो तालिम ले निराशा बनाउने छैन भन्ने आशाबादी छौं भन्दै दुखेसो पोख्नुभएको थियो भने केही आशाबादी पनि देखिएको जानकारी गराउनुभयो। त्यसै गरी नगरको प्लास्टिक मुक्त क्षेत्र बनाउन बाताबरण स्वच्छ बनाउन सबैले आ आफ्नो ठाउँबाट पहल गर्नुहुनेछ भन्ने आशा गरेको समेत जानकारी गराउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि प्रशासकिय अधिकृत धर्मराज ढुंगाना रहनुभएको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष केशर बहादुर खड्का, वडा नभएर ४ का वडा अध्यक्ष पिताम्बर श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर थापा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण केसी, कार्यपालिका सदस्य खगिसरा विक, पार्वती बस्नेत लगायत को उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण योजना अधिकृत याम प्रसाद रेग्मी ले गर्नुभएको थियो।

कार्यक्रममा प्रशिक्षार्थीबाट दुई जनाले बोल्नु भएको थियो भने दुवै जनाले नगरले दिएको सीप सदुपयोग गरी कार्यलाई निरन्तरता दिने जानकारी गराउनुभएको थियो।

कार्यक्रमको समापन सँगै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरको महत्वपूर्ण योजना हो । महिलालाई उद्यमी बनाउने नगरलाई स्वच्छ बनाउने उद्देश्य सहित सुरुवात गरिएको झोला सिलाई कार्यक्रम प्लास्टिक मुक्त बनाउनको लागि हो। प्लास्टिकले बाताबरणमा नकारात्मक प्रभाव पार्ने हुँदा स्वच्छ बाताबरणको लागि सुरुवात गरेको छ। कार्यक्रममा नगरको उद्देश्य सफल हुने र आफू पनि सफल रहने किसिमबाट प्लास्टिक मुक्त बनाउन सहज भूमिका निभाउनुहुनेछ र कार्यलाई निरन्तरता दिई सीपको सदुपयोग हुने र सफल भएको देखि बाकी महिला हरुलाई पनि सीप र उन्नतिले मन लोभिने तवरबाट काम गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु भन्दै भन्दै कार्यक्रम समापन भएको जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय