जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

२०८१ बैशाख २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ वैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिलाई निगमको जहाजको इञ्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा मर्मत संभार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

निगमको न्यारो बडी जहाजको इजरायलमा इञ्जिन मर्मत गर्न करिब पाँच महिना लागेको थियो । निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय